उपाध्यक्ष कोइराला र सदस्य सचिब सिलवालले लिए सपथ

पोखरा । युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा)ले आज राष्ट्रिय खेलकुद परिषद (राखेप)मा नवनियुक्त उपाध्यक्ष शिव कोइरालालाई र सदस्य सचिब रमेश कुमार सिलवाल सपथ ग्रहण गराएका छन ।

मन्त्रालयमा आयोजित एक कार्यक्रमका विच आगामी चार वर्षका लागि राखेपको उपाध्यक्ष कोइरालालाई र सदस्य सचिबका रुपमा सिलवाललाई राखेपका अध्यक्ष समेत रहेका मन्त्री विश्वकर्माले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन । उपाध्यक्ष कोइराला र सदस्य सचिब सिलवाललाई गत सोमबार सम्पन्न मन्त्री परिषदको बैठकले नियुक्त गर्ने निर्णय गरेको थियो ।

यस अघि करिव एक वर्ष सदस्य सचिबको पद सम्हालेका सिलवालले खेलकुद विकास विधेयक २०७७ कार्यान्वयनमा आए संगै पदमुक्त हुनु परेको थियो भने कोइरालाले राखेपमा पहिलो पटक उपाध्यक्ष पद सम्हाल्दै छन । नियुक्त भएका दुवैलाई मन्त्रालयका सचिब राम प्रसाद थपलियाले नियुक्तीपत्र हस्तान्तरण गरेका थिए ।

खेलकुद विकास विधेयक अनुसार अव राखेपमा सात सदस्यि कार्यकारी सहित ३७ जनाको वोर्ड बन्ने छ । परिषदको कार्यकारीमा मन्त्रीले २ जना र राखेप वोर्ड (परिषद)ले २जना गरि ४ जना नियुक्त गर्न पाउने छ । कार्यकारीमा मन्त्रालयको खेलकुद विभाग हेर्ने सहसचिब र राखेपका कार्यालय प्रमुख सदस्य सचिब गरि ७ जना रहने प्रावधान रहेको छ ।

सो अवसरमा बोल्दै युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले खेलकुद मार्फत समृद्धी हासिल गर्दै र जनमानसमा विश्वास वढाउने गरि काम गर्न आग्रह गरे । खेलकुदको विकासका लागि सुशासन र पारदर्शिता महत्वपुर्ण रहेकोले त्यसतर्फ सचेतता पुर्वक अघि वढनुपर्ने उनको भनाई थियो ।

सपथ ग्रहण कार्यक्रममा सदस्य सचिब सिलवालले आफ्नो धारणा राख्दै खेलकुदलाई खेलकुदमा मात्रै सिमित नराखी हरेक नागरिकको जिवनको अंगको रुपमा अघि वढाउन प्रयत्न गर्ने बताए । उनले चार वर्षे कार्यकाल खेलकुदको विकासका लागि पुर्ण इमान्दारिताका रुपमा अघि बढाउँदै सुशासन र पारदर्शितामा ध्यान दिने बताए ।

कार्यक्रममा उपाध्यक्ष कोइराला, मन्त्रालयका सचिब राम प्रसाद थपलिया, मन्त्रालयका सह सचिब तथा राखेपका कार्यबाहक सदस्य सचिब भक्त बहादुर लगाएतले आ–आफ्ना धारणा राखेका थिए

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button