राखेपका उपाध्यक्ष र सदस्य–सचिवद्वारा पदवहाली

पोखरा । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव रमेशकुमार सिलवालले बुधबार पद्वहाली गरेका छन् ।

त्रिपुरेश्वस्थित आ–आफ्नो कार्यकक्षमा उपाध्यक्ष कोइराला र सदस्य–सचिव सिलवालले पद्वहाली गरेका हुन् । दुवैलाई गत सोमबार बसेको मन्त्री परिषद्को बैठकले नियुक्त गरेको थियो ।

पद्वहाली गर्नुअघि दुवैले सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा शपथ ग्रहण गरेका थिए । खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले उनीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । शपथ ग्रहणअघि खेलकुद सचिव रामप्रसाद थपलियाले दुवैलाई पत्र हस्तान्तरण गरेका थिए ।

सो अवसरमा मन्त्री विश्वकर्माले उहाँहरुको कार्यकाल उदारहणीय बन्ने विश्वास व्यक्त गर्दै खेलकुद क्षेत्रमा देखिएको चुनौतीलाई पार गर्दै अघि बढ्न जरुरी रहेको धारणा व्यक्त गरे । उपाध्यक्ष कोइरालाले सामूहिकताको आधारमा परिषद्लाई अगाडि बढाउने बताउदै हरेक अभिभावकमा आफ्ना बच्चालाई खेलकुदमा लगाउन भावना पैदा गर्नु पर्ने आवश्यकता औल्याए ।

 

सदस्य–सचिव सिलवालले गएको एक वर्षको अवधिमा पूरा गर्न नसकेका अधुरा कामलाई अबको चार वर्षमा पूरा गर्ने प्रतिबद्धता जनाउदै खेलकुदलाई सबैको आकर्षणको केन्द्र बनाउन प्रयासरत रहने बताए । सचिव थपलियाले पूर्वाधार, प्रतियोगिता, प्रशिक्षण र परिणाममा बढी जोड दिनु पर्ने विचार व्यक्त गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button