पोखराका १४ जनामा कोरोना पुष्टि, गण्डकीमा ३८ संक्रमित थपिए

पोखरा । पोखराका १४ जनासहित  गण्डकी प्रदेशमा बिहीबार थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार बिहान प्रदेशको कास्की जिल्लाको पोखरा, स्याङजा , बागलुङ, तनहुँ , नवलपुर र लमजुङ जिल्लाका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

निर्देशनालयले कास्कीका १४ सहित  स्याङजाका ११ जना  , बागलुङका  ६ जना , तनहुँका  ३ जना  , नवलपुरका १ जना  र लमजुङका ३ जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।

पोखरामा संक्रमण पुष्टि हुनेमा १२ जना महानगरको लेकसिटी हस्पिटलको क्वारेन्टिनमा रहेका पुरुषहरु रहेको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले पोखरा न्यूजलाई जानकारी दिए। अन्य २ जनाको भने विवरण लिन बाँकी रहेको उनले बताए ।

संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ७९ पुगेको छ ।


सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button