सुनको मूल्य पुग्यो तोलाकै ९९ हजार

पोखरा । रेकर्ड पछि रेकर्ड तोड्दै सुनको मूल्य तोलाकै ९९ हजार पुगेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलाको ९९ हजार कायम भएको हो । यो मुल्य अघिल्लो दिनको मुल्यभन्दा ५ सयले बढी हो ।

कोरोना महामारीका कारण तीन महिना बन्द भएको सुनचाँदीको कारोबार खुले देखि नै सुनको भाउमा लगातार वृद्धि भइरहेको छ । अघिल्लो साताको बिहीबार ९४ हजार ५ सयमा कारोबार भएको सुन एक सातामै ४५ सयले बढेको हो ।

त्यस्तै आज तेजाबी सुन तोलाको ९८ हजार ५ सय ६० तथा चाँदी तोलाको १२ सय २५ मा कारोबार भएको छ । चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा स्थीर नै रहेको छ । अघिल्लो साताको तुलनामा भने यो ८० रुपैयाँले वृद्धि हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button