पोखरामा ‘विइङ आर्टिस्ट क्याम्पिङ’ हुने

पोखरा। क्रिस्टल क्लजको प्रसुतीमा पहिलो संस्करणको ‘विइङ आर्टिस्ट क्याम्पिङ’ हुने भएको छ । यो मोडलिङ च्याम्पियन हो । कलाकारिता क्षेत्रमा अगाडि बढ्न खोज्ने प्रतिभालाई केन्द्रित गरेर कार्यक्रम हुन लागेको आयोजक क्रिस्टल क्लजका सञ्चालक गोविन्द्र बास्तोलाले जनाए । जुनसुकै उमेर समुहकाले यो ‘क्याम्पिङ’मा सहभागिता जनाउन सक्नेछन् ।

आगामी भदौ १ गतेबाट सुरु हुने यो कार्यक्रमका लागि यतिबेला आवेदन खुल्ला भएको बास्तोलाले जनाए । दूई महिनासम्म सञ्चालन हुने यो ‘क्याम्पिङ’मा सहभागी हुन चाहनेले २५ हजार रुपैयाँ शुल्क तिनुपर्नेछ । अहिलेको समयलाई ध्यान दिएर सुरक्षित तरिकाले तालिम दिइने आयोजकको भनाई छ । हरेक दिन दूई घण्टाका दरले तालिम प्रदान गरिनेछ । एउटा समुहमा १० जनामात्र राख्ने आयोजकको तयारी छ ।

‘क्याम्पिङ’मा सहभागीलाई सञ्चालक गोविन्द्र बास्तोला सहित निर्देशक नेत्र गुरुङ र कोरियोग्राफर विवेक गुरुङ मिलेर सहजिकरण गर्नेछन् । मोडलिङ क्षेत्रमा अगाडि बढ्न चाहनेलाई तालिम र अवसर प्रदान गर्नका लागि यो कार्यक्रम हुन लागेको हो । यसको लागि छुट्टै वेभसाइट पनि लञ्च हुदैछ । सहभागीले डान्स, शारिरिक व्यायम, सेल्फ मोटिभेट तालिम लिने निखारिने अवसर पाउनेछन् ।

उनीहरुलाई भिडियो निर्देशन सम्बन्धी ज्ञान समेत दिई भिडियो बनाउन समेत लगाइनेछ । सहभागीले एउटा भिडियोमा काम गरी आफ्नो प्रतिभा समेत देखाउन पाउने हुँदा तालिम पश्चात यसै क्षेत्रमा करिअर अगाडि बढाउन सहज हुने आयोजकको अपेक्षा छ ।  क्रिस्टल क्लज डान्स क्र्रु २०७१ सालदेखि निरन्तर नृत्य क्षेत्रमा अगाडि बढिरहेका संस्था हो । जहाँ नृत्यका कक्षाहरु नियमित भइरहेका छन् भने गार्मेन्ट फ्याक्ट्री मार्फत पनि सेवा दिइरहेको सञ्चालक बास्तोलाले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button