ट्राईयाथलनको अनलाईन स्विमिङ्ग ‘लेभल १ कोर्ष’ शुरु हुँदै

पोखरा । नेपाल ट्राईयाथलन संघको आयोजना तथा ‘वर्ल्ड कोचेज एकेडेमी’को सहयोगमा अनलाईन ‘स्विमिङ्ग लेभल १ कोचिङ्ग कोर्ष’ शनिबारबाट हुने भएको छ ।

दुई दिन सम्म संचालन हुने अनलाईन कोर्षमा पौडी सम्वन्धि प्राविधिक ज्ञान प्रदान गरिने भएको हो । श्रावण १७ र १८ गते (अगष्ट १ र २) सिङ्गापुरका प्रशिक्षक युगिन लिले अनलाईन मार्फत प्रशिक्षण प्रदान गर्ने छन् । लि वर्ल्ड कोचेज एकेडेमीका संस्थापक निर्देशक पनि हुन् ।

पौडी प्रशिक्षकहरुमा बैज्ञानिक प्रशिक्षण र पौडी सम्वन्धि प्राविधिक ज्ञानका कारण पौडी खेलाडीमा प्रभावकारी ज्ञान प्रदान गर्न मद्धत पुर्याउने कोर्षको उद्धेश्य रहेको छ । कोर्षले प्रशिक्षकहरुमा प्रशिक्षण सम्वन्धि उच्च ज्ञान प्रदान गर्नुका साथै प्रशिक्षको भूमिका र उत्तरदायित्व, प्रशिक्षण प्रणाली र खेल सम्वन्धि बिशेष ज्ञान प्रदान गर्नेछ ।

प्रशिक्षकहरुले प्राप्त गरेका यस प्रकारको ज्ञानले नयाँ खेलाडी उत्पादनमा ठुलो सहयोग पुग्नुका साथै भईरहेका खेलाडीहरुको स्तर बृद्धि गर्न समेत ठुलो सहयोग पुग्ने संघको बिश्वास रहेको छ । वर्ल्ड कोचेज एकेडेमीले चिन, हङ्गकङ्ग, मलेसिया, ईन्डोनेसिया, सिंगापुर र भारतमा सफलतापूर्वक कोर्ष संचालन गरिसकेको छ ।

ट्राईयाथलन पौडी, साईक्लिङ्ग र दौडको मिश्रीत खेल हो । कोर्षमा ट्राईयाथलन संग सम्वन्धित २५ प्रशिक्षकहरुले प्रशिक्षण लिने यसले पौडी र ट्राईयाथलन दुवै खेललाई मद्धत पुग्ने नेपाल ट्राईयाथलन संघका महासचिव युवराज सुनुवारले बताएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button