नेपालमा आजै थपिए २ सय ७४ कोरोना संक्रमित

पोखरा । नेपालमा बिहीबार २ सय ७४ कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा देशभर २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ।

यसै गरी पछिल्लो २४ घण्टामा २ सय २७ जना निको भइ घर फर्किएका छन् । यससँगै १४ हजार २ सय ४८ जना कोरोनाबाट मुक्त भएका छन्।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ रहेको छ।‍

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button