राखेप वोर्डमा रानाभाट, सम्पन्न, भट्टराई र निरौला सहित ६ जना

पोखरा । युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा)ले राष्ट्रिय खेलकुद परिषद (राखेप) को वोर्ड सदस्यमा ६ जनालाई अघि सारेका छन ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ३ को उपदफा २ बमोजिम मन्त्री विश्वकर्माले खेलकुद विज्ञका रुपमा रिम बहादुर रानाभाट र इन्दिरा निरौलालाई नियुक्त गरेका छन । यसैगरि खेलकुद संघबाट सम्पन्न श्रेष्ठ, गोविन्द भट्टराई, सुभाष श्रेष्ठ र अर्जुन वहादुर केसीलाई नियुक्त गरेको मन्त्रालय द्वारा जारि विज्ञप्तीमा जनाइएको छ ।

वोर्डमा नियुक्ती पाउने पाउने मध्ये रानाभाट र निरौला सदस्य सचिब छनौट समितीका सदस्य समेत हुन । राखेपको निर्देशक पदबाट अवकाश प्राप्त रानाभाट खेलकुद विज्ञको रुपमा परिचित छन भने महिलाबाट नियुक्ती पाउने निरौला यस अघि राखेप वोर्डकी सदस्य समेत हुन ।

नियुक्ती पाउने सम्पन्न श्रेष्ठ भने मुआथाई खेल संघमा आवद्ध छन । उनी यस अघि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीको अध्यक्ष समेत रहेका थिए । यसै गरि वोर्ड सदस्य भट्टराई पर्वतिय खेलकुद महासंघको अध्यक्ष हुन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button