५ लाखसहित मण्डेकाजी सम्मानित

काठमाडौँ। नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा कराते खेलको कातातर्फ नेपाललाई दोहोरो स्वर्णपदक दिलाउने मण्डेकाजी श्रेष्ठ आज नगदसहित सम्मानित भएका छन ।

ललितपुरस्थित होटल भिभान्तामा आयोजित एक कार्यक्रममा राष्ट्रिय युवा सङ्घ नेपालका नेता रमेश आचार्यले उनलाई रु पाँच लाखसहित सम्मान गरेका हुन। धादिङ जिल्ला फुटबल सङ्घका अध्यक्ष दीपक खतिवडाको समन्वय र कर्मा कन्स्ट्रक्सनका प्रोपाइटर, गुडविल विलडर्सका सिइओ तथा करातेका पूर्वराष्ट्रिय खेलाडी रवि महर्जनको व्यवस्थापनमा मण्डेकाजीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा गजुरियो करातेका केन्द्रीय कोषाध्यक्ष एवं मदन भण्डारी स्पोर्टस् एकेडेमी धादिङका अध्यक्ष रमेश अधिकारी, नारायणी स्टिलका सिइओ रोशिद उनिथानलगायतको सहभागिता रहेको थियो । नेपालमा गत मङ्सिरमा सम्पन्न तेह्रौँ सागमा मण्डेकाजीले एकल कता र टिम कातामा स्वर्ण पदक जिटेका थिए । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button