सञ्चालनमा आउदै पोखराका होटल

पोखरा । साउन १५ गतेदेखि पर्यटकीय क्षेत्र खुल्ने सरकारको निर्णयसँगै चार महिनायता बन्द भएका पोखराका होटेल आजदेखि खुलेका छन् ।

होटल खुले पनि आन्तरिक तथा बाह्य उडान नखुलेका अवस्थामा पर्यटकको आवागमनका लागि भने समय कुर्नुपर्ने देखिएको व्यवसायी बताउँछन् । लामो समयदेखि बन्द भएका होटेल सञ्चालनका लागि आवश्यक पूर्वाधार व्यवस्थापनलगायत कामलाई व्यवसायीले अघि बढाएको पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

अघिपछि पनि वर्षातको समयमा पोखरामा पर्यटकको खासै चहलपहल नहुने गरेको बताउँदै उहाँले असोज लागेपछि मात्रै आवागमन बढ्ने बताए । यसबीचमा होटेल सञ्चालकले कर्मचारीका लागि होटेल सञ्चालन कार्यविधि, सुरक्षा मापदण्डलगायत विषयमा अभिमुखीकरण गराउने उनले उल्लेख गरे ।

सरकारले साउन १५ देखि पर्यटन क्षेत्र खुल्ने भने पनि अधिकांश होटेलमा कार्यरत कर्मचारी घरमा गएको र उनीहरू फर्किनसकेकाले पूर्णमा सञ्चालनमा आउन समय लाग्ने होटेल एशिया लेकसाइडका सञ्चालक धर्म पन्थीले बताए। राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानको अवस्थापछि मात्रै पर्यटकीय चहलपहल हुने भएकाले व्यवसायीहरू त्यसको प्रतिक्षामा रहेको उनले बताए । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button