पोखराका २ जनामा कोरोना पुष्टि, गण्डकीका ३ जिल्लामा ६ संक्रमित थपिए

पोखरा । पोखराका २ जनासहित गण्डकी प्रदेशमा शुक्रबार थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार बिहान प्रदेशको कास्की, तनहुँ र म्याग्दी  जिल्लाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

निर्देशनालयले कास्कीका ३  सहित, तनहुँका १ जना र म्याग्दीका  २ जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।

संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ८५ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button