स्याङ्जामा जीप दुर्घटना : १ को मृत्यु, ६ घाइते

पोखरा । स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

बिहीबार साँझ करिब ६ बजे वालिङदेखि सिर्सेकोट मैदान जाँदै गरेको ग १ ज ७४७१ नम्बरको जीप वालिङ-१२ लाम्पातेमा सडकबाट चिप्लिएर १०० मिटर तल खसेको थियो । घटनामा जीपका सहचालक १४ वर्षीय सुदीप गुरुङलो घटनास्थलमै मृत्यु हुँदा चालकसहित अन्य ६ जना घाइते भएका हुन् ।

घाइते हुनेमा वालिङ-१२ का चालक ४३ वर्षीय लीलाराम गुरुङ, ३३ वर्षीया ममता गुरुङ, ६५ वर्षीया तिलकुमारी थापा, ३० वर्षीया तिलकुमारी गुरुङ, ४५ वर्षीया खनमाया गुरुङ र २८ वर्षीया पनिता गुरुङ रहेको जनाइएको छ । गम्भीर घाइते ४ लाई उपचारका लागि पोखरा ल्याइएको छ भने सामान्य घाइते २ लाई स्थानीय गर्हौघ्याङलिङ अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

वर्षाका कारण बाटो चिप्लो र साँघुरो भएकाले दुर्घटना भएको स्थानीयले जनाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button