पोखरा । भारतको आन्ध्र प्रदेशमा सेनिटाइजर पिउँदा कम्तिमा ९ जनाको मृत्यु भएको छ ।
विगत १० दिन अघि देखि नै पानी र सफ्ट डृङ्कमा सेनिटाइजर मिसाएर पिउँदै गरेका उनीहरुको बिहीबार रातिदेखि मृत्यु हुन थालेको जनाइएको छ । बिहीबार बेलुका मन्दिर छेउमा एक जना मृत अवस्थामा फेला परेका थिए भने अन्य दुईको डार्सी अस्पतालमा मृत्यु भएको थियो । मर्ने मध्ये दुई मन्दिर आसपास बस्दै आएका भिखारी रहेको जनाइएको छ ।
अन्य ६ जना भने शुक्रबार बिहान बिरामी परेकोमा पछि मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ । सेनिटाइजर सेवन गरेका अन्य केहीको अस्पतालमा उपचार हुँदै गरेको पनि जनाइएको छ । उनीहरुले सेनिटाइजरसँगै अन्य केही पनि मिसाएको भन्ने बारे अनुसन्धान भइरहेको त्यहाँको प्रहरी उपरीक्षक सिद्धार्थ कौसलले बताएका छन् ।
कोरोना संक्रमण बढे पछि त्यहाँ लकडाउन थपिएका कारण मदिरा पसलहरु बन्द गरिएको छ ।