पाकिस्तानी सेनाको गोलीबारीमा १५ अफगानीको मृत्यु, ८० घाइते

पोखरा । पाकिस्तान सेनाले सीमामा गरेको गोलीबारीबाट १५ अफगानी सर्वसाधारणको मृत्यु भएको छ ।

चमन – स्पीन बोल्डक सीमामा दुई देशका सेनाबीच भिडन्त भए लगत्तै भएको घटनामा १५ सर्वसाधारणले ज्यान गुमाएका हुन् । मुस्लिम पर्व इद अल अदाको उपलक्ष्यमा भेला भएको भीडमा गोलीबारी हुँदा उनीहरुको मृत्यु भएको हो । आफ्ना सर्वसाधारण मारिएसँगै अफगानिस्तानको रक्षा मन्त्रालयले पाकिस्तानले हमला नरोके अफगानी सेना पनि पछि नहट्ने चेतावनी दिएको छ ।

पाकिस्तान र अफगानिस्तान दुवैले एक अर्कालाई आ-आफ्नो देशका आतंकवादी गतिविधि फैलाउन सहयोग गरेको आरोप लगाउँदै आएका छन् । अफगानी सरकारले पाकिस्तानलाई तालिवान लडाकुलाई आश्रय दिएको आरोप लगाएको छ भने पाकिस्तानले त्यसको खण्डन गर्दै उल्टै अफगानिस्तानबाट पाकिस्तान सरकार विरोधी समूहले गतिविधि गर्दै आएको बताउँदै आएको छ ।

पाकिस्तानले गरेको रकेट हमला मानिसको बसोबास भएको स्थानमा खस्दा महिला र बालबालिकासहित १५ जनाको मृत्यु भएको तथा ८० जना घाइते भएको अफगानिस्तानको कान्दहार प्रान्तका गभर्नर हायातुल्लाह हायातले बताएका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button