शुक्रबार थपिए २ सय २४ कोरोना संक्रमित

पोखरा । नेपालमा शुक्रबार २ सय २४ कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा देशभर २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ।

यसै गरी पछिल्लो २४ घण्टामा १ सय ५१ जना निको भइ घर फर्किएका छन् । यससँगै १४ हजार ३ सय ९९ जना कोरोनाबाट मुक्त भएका छन्।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ रहेको छ।‍

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button