मुख्यमन्त्री गुरुङद्वारा बकर इदको शुभकामना

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव एवं धार्मिक सहिष्णुता कायम गर्ने बताएका छन  ।

मुस्लिम समुदायको महत्वपूर्ण पर्व इद उल अज्हा, २०७७ को उपलक्ष्यमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री गुरुङले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा लिएको बताएका छन । इद उल अज्हा पर्व इस्लामिक क्यालेण्डरको १२ औँ तथा अन्तिम महिना जुलहिज्जाहको १० औँ दिनमा मनाइन्छ । मुस्लिम समुदायले यस दिन इदगाह (खुल्ला चौर)मा सामूहिक नवाज पढेर एकअर्कालाई अंकमाल गर्दै खुशी साटासाट गरेर पर्व मनाउने गर्छन् । यस पर्वलाई बकर इद वा कुर्वानीसमेत भनिन्छ ।

यस्ता विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिँदै आइरहेको कुरा मुख्यमन्त्री गुरुङले सन्देशमा उल्लेख गरेका छन ।

उनले कोभिड–१९ बाट जोगिन सतर्कता अपाउनसमेत आग्रह गरेका छन  । साथै, बाढी तथा पहिरोका कारण विभिन्न ठाउँमा ठूलो जनधनको क्षति भइरहेको स्मरण गर्दै प्राकृतिक विपत्तिको अवस्थामा उद्धार, राहत र उपचारमा सक्रिय भएर जुट्न र धैर्य हुनसमेत सबैमा अपिल गरेका छन । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button