गण्डकी प्रदेशमा १० करोड बराबरको पुस्तक बिक्री

पोखरा । जनक शिक्षा सामग्री केन्द्र गण्डकी प्रदेश कार्यालयले प्रदेश भित्रका जिल्लामा आवश्यकताको ८० प्रतिशतभन्दा बढी परिमाणमा पुस्तक बिक्री गरेको छ ।

सामुदायिक विद्यालयमा पठनपाठन गरिने पाठ्यपुस्तकको वितरण गर्दै आएको कार्यालयले वार्षिक रुपमा प्रदेशको नवलपुर जिल्ला बाहेकका १० जिल्लामा रु १० करोड बराबरका पुस्तक बिक्री गर्ने भण्डार प्रमुख शिवविलास पौडेलले जानकारी दिए ।

उनका अनुसार कार्यालयले पुस्तक बिक्रीका लागि सूचीकृत भएका १ सय ८२ बिक्रेतामार्फत सामाजिक दूरी एवम् सुरक्षा मापदण्ड कायम गर्दै जेठ ५ गतेदेखि यस शैक्षिक वर्षका लागि पुस्तक वितरण गर्न थालेको हो ।

प्रदेशअन्तर्गत हिमाल पारिका जिल्ला मनाङ र मुस्ताङमा भने फागुन १ गतेदेखि नयाँ शैक्षिक वर्ष शुरु हुने भएका कारण त्यसअघि नै पुस्तक पुर्याइएको उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button