मनसुनको दोस्रो चरणमा सामान्य वर्षा हुने

पोखरा । मनसुनको दोस्रो चरणमा सामान्य वर्षा हुने पुर्वानुमान गरिएको छ ।

दक्षिण एसियामा सामान्यत जुन देखि सेप्टेम्बरसम्म रहने ४ महिना लामो मनसुनको दोस्रो चरण अर्थात अगस्ट र सेप्टेम्बर महिनामा सामान्य वर्षा हुने भएको भारतको मौसम विभागले जानकारी दिएको हो । यसपटक अगस्टमा हुने गरेको औसत वर्षाको ९७ प्रतिशत वर्षा हुने पनि विभागले जनाएको छ ।

त्यहाँको मौसम विभागले मनसुनमा ५० वर्षे औसत ८८ सेमी वर्षाको ९६ देखि १०४ प्रतिशत वर्षालाई सामान्य मान्ने गर्दछ । मनसुनमा पर्याप्त वर्षा हुँदा खेतीबाली पनि राम्रो हुने प्रक्षेपण गरिएको छ । नेपालमा पनि ठूलो भुभागमा आकाशे पानी कै भरमा कृषि कार्य गर्ने गरिन्छ ।

नेपालमा मुख्यरुपमा मनसुनको समयमा धानबाली लगाइने गरिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button