अभिनेता जोगिन्दरको नाममा गुट्खा निस्किदै

पोखरा। अभिनेता शिव शंकर रिजालको नाममा एउटा ब्रान्ड निस्किने भएको छ । जोगिन्दर पानवाला उपनामले लोकप्रिय उनी पान पसलेको रुपमा प्रस्तुत हुने गर्दथे । उनको नाममा नेपाल ब्राण्डको एउटा गुट्खा निस्किने भएको हो ।

यही साउन १९ गते सोमबारदेखि बजारमा उपलब्ध हुने गुट्खाको नाम नै ‘जोगिन्दर गुट्का’ राखिएको छ । नेपालमै उत्पादन हुने उक्त प्रोडक्ट आफ्नो नामबाट निस्कि“दा कलाकार रिजाल निकै खुशी छन् ।

नेपाली कलाकारिताको इतिहासमै कुनै पनि कलाकारको उपनामबाट निस्किन लागेको प्रोडक्ट नेपालमा सम्भवतः यो पहिलो हो ।
‘मेरो नाममा प्रोडक्ट निकाल्दै छु भनेपछि मलाइ खुशी लाग्यो’ कलाकार रिजालले भने – ‘हामीले प्रस्तुत गरेको क्यारेक्टरमा लगानी गरेर कसैले स्वदेशमा रोजगारीको अवसर ल्याउछ भने हामी खुशी हुनुपर्छ ।’

उत्पादक पूजा सुर्ती उद्योगका सञ्चालक हिरालाल शाहले पनि आफुले कम्पनी स्थापना गर्दै स्वदेशमा रोजगारीको सृजनामा लागेको बताए । उनले ब्राण्डका लागि अन्य नाम पनि कल्पना गरेका थिए, तर अरुसंग मिल्दो भएपछि आफुलाई मनपर्ने टेलिभिजन कार्यक्रम ‘जोगिन्दर बोले प्रणामजी’ बाट जोगिन्दर सापटी लिदै प्रोडक्ट नै बजारमा ल्याएका उनको भनाइ छ ।

हिरालाल स्वयं पान व्यवसायी हुन् ।उनले जोगिन्दरको टेलिभिजन कार्यक्रमका नियमित दर्शक समेत हुन् ।‘हामी पान व्यवसायीको शान जोगिन्दरजीले बढाउनु भएको छ । त्यसैले उहाँको सम्मानमा प्रोडक्ट बजारमा ल्याएका हौं’ शाहले भने । शिवशंकरले उनले आफ्नो उपनाम प्रयोग गरेर स्वदेशमै कुनै प्रोडक्ट उत्पादन हुन्छ र त्यहाँ केहि नेपालीले रोजगार पाउ“छन् भने त्यो खुशीको कुरा रहेको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button