विकृति विसंगती अन्त्य गर्न दोहोरी गीत प्रतिष्ठानको चासो

पोखरा। गीत संगीतको क्षेत्रमा देखिएको विकृति विसंगती अन्त्य गर्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले चासो देखाएको छ ।

जसको लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको बैठकले प्रतिष्ठानका उपमहासचिव शिव हमालको संयोजकत्वमा विकृती विसंगती विरुद्ध आवश्यक कार्य गर्न कार्यदल गठन गरेको अध्यक्ष रमेश विजीले जनाकारी दिए ।  कार्यदलको उपसंयोजकमा हरि डाँगी, कृष्ण रेउले, पी.एन सापकोटा छन् । यस्तै सदस्यहरु कुलेन्द्र विश्वकर्मा, पूर्णकला बि.सी, महेन्द्र गौतम, अन्जली अधिकारी, युवराज मगर, जमुना राना, बिमल अधिकारी, प्रकाश भट्ट रहेका छन् ।

यसैगरी नेपाली मौलिक लोकसंगीतमा पछिल्लो पटक पर्व गीत त्यसमा पनि तीज गीत लगायतमा आएको विकृतीबारे राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । प्रतिष्ठानका अध्यक्ष रमेश बि.जी. तथा विकृति विसंगती न्युनिकरण कार्यदलका संयोजक शिव हमालले विज्ञप्ती जारी गर्दै गीत संगीतको मुल मर्ममा प्रहार भएको भन्दै दुख व्यक्त गरेका हुन् ।

नवगठित कार्यदल मार्फत सामाजिक सद्भावमा खलल पु¥याउने एवं नियतबस दुई अर्थी अपाच्य शब्द सामाग्री प्रयोग गर्ने, श्रष्टा सर्जक कलाकारलाई प्रतिष्ठानले काला सुचिमा नामांकीत गरी प्रतिष्ठानको कुनै पनि गतिविधिमा सम्लग्न हुन नपाउने र प्रतिष्ठानबाट प्राप्त हुने सम्पुर्ण सेवा सुविधाबाट वञ्चित गराउने निर्णय गरिएकाृ विज्ञप्तिमा जनाइएको छ ।  तीज गीतको खाटी मर्मलाई जोगाई राख्ने खालका खाटी तीज गीतको हकमा त्यस्ता गीतको पहिचान गरी सम्मान समेत गरिने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button