इरानले सफा गर्यो उत्तरी गल्फ क्षेत्रमा पोखिएको तेल

पोखरा । गल्फको उत्तरी क्षेत्रमा पोखिएको तेल इरानका टोलीहरुले सफा गरेका छन् ।

बुधबार त्यहाँको अबुजार तेल खानी नजिकैको ६ वर्ग किलोमिटर क्षेत्रफलमा पोखिएको तेलको सरसफाई गरिएको हो । तेल पोखिनुको कारण भने अहिलेसम्म नखुलेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । त्यस क्षेत्रमा इरानलगायत अन्य थुप्रै देशको तेलका कुवाहरु रहेका छन् । तेल आपूर्ति गर्ने भुमिगत पाइपहरुबाट तेल चुहिएको आशंका गरिएको छ ।

इरानको खार्ग द्वीपबाट ७५ किलोमिटरको दुरीमा रहेको अबुजार तेल खानीबाट दैनिक १ लाख ९५ हजार देखि २ लाख २० हजार ब्यारेल तेल उत्पादन हुने गरेको छ । त्यहाँ १ सय ७ तेलका कुवा खनिएकोमा हाल ६७ कुवाबाट तेल निकालिने गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button