राजश्व छलेर नेपाल भित्र्याइएका अवैध कपडा बरामद

कोहलपुर। जिल्ला प्रहरी कार्यालय बाँकेले ठूलो परिमाणमा राजश्व छलेर नेपाल भित्र्याइएका कपडा बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–ं १५ जमुनाहाबाट प्रहरीले ठूलो मात्रामा कुर्ता, टिसर्ट, सुरुवाल बरामद गरेको हो ।

भारतबाट अवैध रुपमा ल्याउँदै गरेका ५ सय  थान कुर्ता, सय थान टिसर्ट र २ सय थान सुरुवाल बरामद गरेको प्रहरी प्रवक्ता सुवास खड्काले बताए ।

कोरोनाको कहर भए पनि चाडवाड नजिकिदै गर्दा तस्कर कपडा भित्राउन लागिपरेका छन् । नेपालगञ्ज नाकाबाट भरियामार्फत भित्रिने कपडा जिल्लाबाहिर पनि लैजाने गरिएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button