एफए कपको उपाधी आर्सनललाई, चेल्सी २-१ ले पराजित

पोखरा । कप्तान पिया एमेरिक ओबामेयाङको दुई गोलसँगै आर्सनलले चेल्सीलाई २-१ ले पराजित गर्दै एफए कप फुटबलको उपाधी जितेको छ ।

शनिबार राती सवा १० बजे इङ्गल्यान्डको वेम्बले रंगशालामा भएको खेलमा १० खेलाडीमा सीमित चेल्सीलाई पराजित गर्दै आर्सनलले कीर्तिमानी १४ एफए उपाधी चुमेको हो ।

लन्डन डर्बीमा अग्रता भने चेल्सीले लिन सफल भयो । क्रिस्टियन पुलिसिकको उत्कृष्ट प्रहार गोलमा परिणत भएपछि खेलको पाँचौ मिनेटमा नै चेल्सीले १-० को अग्रता बनायो । तर खेलको २८ औं मिनेटमा पाएको पेनाल्टी अवसरलाई गोलमा परिणत गर्दै कप्तान ओबामेयाङले टोलीलाई १-१ को बराबरीमा ल्याए ।

खेलको दोस्रो हाफको ६७ मिनेटमा ओबामेयाङले दोस्रो गोल गर्दै आर्सनललाई २-१ को अग्रता दिलाए । त्यसपछि भने खेलमा गोल हुन सकेन र खेल आर्सनलले २-१ गोल अन्तरले आफ्नो पक्षमा पार्दै उपाधि कब्जा गर्यो । खेलको ७३ औं मिनेटमा चेल्सीका कोभासिकले रातो कार्ड खाए पछि खेलको बाकिँ समय चेल्सी १० खेलाडीमा सीमित भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button