ट्राइयाथलन अनलाईन स्विमिङ्ग ‘लेभल १ कोर्ष’ सम्पन्न

पोखरा । नेपाल ट्राईयाथलन संघको आयोजना तथा वर्ल्ड कोचेज एकेडेमीको सहयोगमा अनलाईन स्विमिङ्ग लेभल १ कोचिङ्ग कोर्ष सम्पन्न भएको छ ।

दुई दिन सम्म सञ्चालन भएको कोर्षमा ट्राईयाथलन र पौडी संग सम्वन्धित २५ प्रशिक्षकहरुले सहभागिता जनाएका थिए । प्रशिशक्षार्थीहरुलाई सिंगापुरका प्रशिक्षक युजित लिले अनलाईन मार्फत प्रशिक्षण प्रदान गरेका थिए ।

कोभिड १९ का कारण खेल गतिविधी ठप्प भईरहेको अवस्थामा प्रशिक्षकहरुलाई पौडी सम्वन्धि ज्ञान प्रदान गर्दै प्रशिक्षकको स्तरबृद्धि गर्न संघले निकैनै महत्वपूर्ण भूमिका निर्वाह गरको प्रशिक्षणमा सहभागि प्रशिक्षकहरुले बताए । कार्यक्रमका प्रशिक्षक लिले पौडी प्रशिक्षण सम्वन्धि उच्च ज्ञान प्रदान गर्नुका साथै प्रशिक्षको भूमिका र उत्तरदायित्व, प्रशिक्षण प्रणाली र खेल सम्वन्धि बिशेष ज्ञान प्रदान गरेका थिए ।

प्रशिक्षणको अन्तिम दिन समापनमा नेपाल ट्राइयाथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले कार्यक्रमलाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रशिक्षक युजिन लि र प्रशिक्षार्थी प्रशिक्षकहरुलाई धन्यवाद प्रदान गरे । साथै कार्यक्रमलाई संचालन गर्न बिशेष भूमिका खेल्ने संघका महासचिव युवराज सुनुवारलाई समेत उनले बिशेष धन्यवाद दिएका छन ।

प्रशिक्षकहरुले प्राप्त गरेका यस प्रकारको ज्ञानले नयाँ खेलाडी उत्पादनमा ठुलो सहयोग पुग्नुका साथै भईरहेका खेलाडीहरुको स्तरबृद्धि गर्न समेत ठुलो सहयोग पुग्ने संघको बिश्वास रहेको छ । वर्ल्ड कोचेज एकेडेमीले चिन, हङ्गकङ्ग, मलेसिया, ईन्डोनेसिया, सिंगापुर र भारतमा सफलतापूर्वक कोर्ष संचालन गरिसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button