भारतका गृहमन्त्रीलाई पनि कोरोना संक्रमण

पोखरा । भारतका गृहमन्त्री अमित शाहमा नै कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले आज एक ट्विट मार्फत आफुमा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् । कोरोना संक्रमण देखिए पनि आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको उनले जानकारी दिएका छन् ।

डाक्टरको सल्लाहमा आफू अस्पताल भर्ना भएको तथा आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन पनि उनले अनुरोध गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button