युवाका माग बेवास्ता गर्नु सरकारको चरम लापरवाही: नेता पौडेल

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरुलाई भेट्न बसन्तपुर पुगेका छन । पौडेलसहित कांग्रेस नेताहरु अनसनरत ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरुलाई भेट्न बसन्तपुर पुगेका छन ।

क्वारेन्टिन व्यवस्थापन गर्नुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने लगायतका माग राख्दै १६ दिनदेखि अनसनमा बसेका अभियन्ताहरुलाई भेटेर नेताहरुले स्वास्थ्यलाभको कामना गरेका छन् ।

सामान्य तर जनताका अति आवश्यक मागहरु राखेर अनसनमा बसेका युवाहरुका कुरा नसुन्नु सरकारको अटेरीपन भएको पौडेलले बताए । अनसनरत युवाहरुका मागहरु प्रति सरकारले बेवास्ता गर्नु सरकारको चरम लापरवाही भएको पौडेलको भनाई छ ।

नेता पौडेलले देशको समस्याको मुख्य जड भ्रष्ट, कमिसनतन्त्र र भ्रष्टाचारतन्त्रलाई उखेल्न सबै मिलेर कडा संघर्ष गर्नुपर्ने बताए । अनसनरत युवाहरुलाई अघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरुले पनि अनसनरत युवाहरुलाई भेटेका छन् ।

सतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्ने लगायतका मा राख्दै आएका अभियन्ताहरुसँग सरकारले असार २३ गते लिखित सहमति गरेको थियो । सहमति कार्यान्वयन नभएपछि फेरि अनसनमा छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button