पोखराका ४ सहित गण्डकी प्रदेशमा थप १९ मा कोरोना पुष्टि

  • पोखरा न्यूज
  • २०७७ श्रावण १८
पोखराका ४ सहित गण्डकी प्रदेशमा थप १९ मा कोरोना पुष्टि

पोखरा । पोखराका ४ जनासहित गण्डकी प्रदेशमा आइतबार थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार प्रदेशअन्तर्गत कास्की जिल्लाका २ जना पुरुष तथा २ महिला, तनहुँ, बाग्लुङ तथा गोरखाका २-२ जना र नवलपरासीका ९ जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।

संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय २४ पुगेको छ ।

गण्डकी प्रदेशमा हालसम्म संक्रमित मध्ये १ हजार ३ सय ४ जना निको भएर घर फर्किएका छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस