पोखराका ४ सहित गण्डकी प्रदेशमा थप ५ मा कोरोना पुष्टि

पोखरा । पोखराका ४ जनासहित गण्डकी प्रदेशमा सोमबार थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार प्रदेशअन्तर्गत कास्की जिल्लाका ४ पुरुष तथा  स्याङ्जाका १ जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।

संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय २९ पुगेको छ ।

गण्डकी प्रदेशमा हालसम्म संक्रमित मध्ये १ हजार ३ सय ३० जना निको भएर घर फर्किएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button