भलिबल संघद्वारा राखेप सदस्य सचिब र वोर्ड सदस्यलाई स्वागत

पोखरा । नेपाल भलिवल संघले राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त सदस्य सचिब रमेश कुमार सिलवाल सहित राखेप वोर्ड सदस्यमा मनोनयन भएकाहरुलाई एक कार्यक्रमका विच स्वागत गरेको छ ।

नेपाल भलिबल संघले आयोजना उनकै सम्मानमा आयोजित स्वागत तथा बधाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव रमेशकुमार सिलवालले जुन विश्वासका साथ आफूलाई सदस्य–सचिवको जिम्मेवारी दिइएको छ त्यो विश्वासलाई कहिले टुट्न नदिने बताएका छन् । उनले भने– “खेलकुदको विकासका लागि जुन विश्वासका साथ मलाई नियुक्ति गरिएको छ त्यसमा इमान्दार भएर अगाडि बढ्ने छु ।”

आफुलाई दिएको जिम्मेवारीलाई पुरा गर्ने धारणा राख्दै उनले भने–“मलाई पुनः जिम्मेवारी दिएकोमा नेपाल सरकार, खेलकुद मन्त्रालय र सदस्य–सचिव सिफारिस समितिलाई धन्वाद दिन्छु उहाँहरुको विश्वासलाई कहिले टुट्न दिने छैन ।” उनले राष्ट्रिय खेल भलिबलको एउटा छुट्टै कभर्डहल पनि नहुनु दुःखको कुरा भएको बताउदै आफ्नोतर्फबाट त्यसका लागि पहल सुरु भइसकेको बताए । उनले भलिबल संघलाई पनि कभर्डहल निर्माणका लागि गम्भीर भएर अगाडि बढ्न सुझाउदै अबको चार वर्षको अवधिमा खेलकुदलाई सम्मान योग्य क्षेत्र बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

सो अवसरमा सदस्य–सचिव सिलवालसहित राखेपका नवनियुक्त सदस्यद्वय रिमबहादुर रानाभाट र इन्दिरा निरौलालाई पनि नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, महासचिव जितेन्द्र चन्दलगायतका पदाधिकारीले बधाइ दिदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button