अफगानिस्तानको जेलमा इस्लामिक स्टेटको भीषण हमला, २१ को मृत्यु

पोखरा । अफगानिस्तानको जलालबादस्थित एक जेलमा इस्लामिक स्टेटका लडाकुहरुले भीषण हमला गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

आफ्ना लडाकुहरु समेत रहेको सो जेलमा आइतबार राति नै इस्लामिक स्टेटले हमला शुरु गरेकोमा सोमबार पनि त्यहाँको सुरक्षाबल र लडाकुबीच गोलाबारी जारी रहेको जनाइएको छ ।जलालबाद जेलको मुख्य गेटमा आत्मघाती हमलाकारीले विस्फोटक पदार्थले भरिएको गाडी ठोक्काएपछि लडाकुहरुले गोलाबारी शुरु गरेका थिए ।

हमलामा मृत्यु हुनेमा सर्वसाधारण, जेलका कैदी, जेलका गार्ड तथा अफगानी सुरक्षाफौजका सदस्यहरु रहेको जनाइएको छ । घटनामा तीन हमलाकारी पनि मारिएको जनाइएको छन् भने अन्य ४३ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । आक्रमण पछि कैयौं लडाकुहरु नजिकै मानिसको बसोबास भएको कम्प्लेक्समा छिरेकाले उनीहरुलाई निकाल्न कठिन भएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

घटनाको उद्देश्यबारे केही स्पष्ट नभए पनि केही कैदीहरु फरार भएको जनाइएको छ । सो जेलमा करिब १५ सय कैदी राखिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button