एथलेटिक्सका प्रशिक्षक राईलाई आर्थिक सहयोग

पोखरा । सल्यान जिल्ला खेलकुद विकास समितिका एथलेटिक्स सहायक प्रशिक्षक रविनकुमार राईलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।

राईलाई कर्णाली स्पोर्ट्स क्लबले १० हजार तथा जुम्ला एथलेटिक्स संघ र कीर्तिमानी पूर्व धावक ओलम्पियन हरिबहादुर रोकायाले समान ५–५ हजार नगद सहयोग प्रदान गरेका हुन् ।

राई हाल काठमाडौं रिसर्च सेन्टरमा उपचार गराइ रहेका छन् । राईलाई क्लबका संस्थापकद्वय उमेश रोकाया र यज्ञप्रसाद देवकोटाले रकम हस्तान्तरण गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button