भालुपहाडबाट बुलेट बाइकसँगै खसेका युवाको शव फेला

पोखरा । स्याङ्जाको भालुपहाडबाट बुलेट बाइकसँगै खसेका एक १९ वर्षीय युवाको शव फेला परेको छ ।

स्याङ्जाबाट पोखरा आउँदै गर्दा ना ४० प ३७२० नम्बरको बुलेट बाइकसँगै खसेका स्याङ्जा चापाकोट नगरपालिका-५ सेखामका पंकज गिरीको शव आज फेला परेको हो ।

हिजो आइतबार सिद्धार्थ राजमार्गबाट अन्दाजी ४०० मिटर तल सेतीखोलाको खोचमा नम्बर प्लेट नभएको मोटरसाइकल माछा मार्ने मानिसहरुले देखेका थिए । बाइकसँगै हराएको भनिएका चालकको प्रहरीले खोजीकार्य थालेकोमा सोमबार दिउँसो १ बजे कपडा सहितको कंकाल फेला परेको हो ।

पहाडको झ्याङमा कपडासहित फेला परेको शवलाई आफन्तहरुले पहिचान गरिसकेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button