लमजुङमा तुइनको डोरी चुडिँदा एक महिला बेपत्ता

लमजुङ। लमजुङमा दोर्दी खोलाको तुइनको डोरी चुडिँदा एक महिला बेपत्ता भएकी छिन् ।

सोमबार बिहान करिब साढे ११ बजे लमजुङ जिल्लाको दोर्दी गाउँपालिका-६ कर्तिबेसीस्थित दोर्दी खोला तुइनबाट तर्ने क्रममा तुइनको डोरी चुडिई २ जना खोलामा खसेका थिए ।

खोलामा खस्नेमा ३२ वर्षीया फुलमाया गुरुङ र १७ वर्षीय विकास घले रहेकोमा विकास घलेको स्थानीयले उद्धार गरेका थिए । घलेलाई उपचारका लागि स्थानीय मेडिकल लगिएको तथा बेपत्ता रहेकी महिलाको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

उनीहरु खोला पारी रहेको जलदेवी मन्दिरमा पुजाआजा गर्न गइरहेको जनाइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button