गण्डकी प्रदेशमा थप ६ मा कोरोना पुष्टि

पोखरा । कास्कीका १ जनासहित गण्डकी प्रदेशमा सोमबार साँझ थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार प्रदेशअन्तर्गत कास्कीकी १ महिला, स्याङ्जाका २ पुरुष र १ महिला तथा लमजुङ र पर्वतका १-१ पुरुष गरी जम्मा ६ जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।

संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ३५ पुगेको छ ।

गण्डकी प्रदेशमा हालसम्म संक्रमित मध्ये १ हजार ३ सय ४८ जना निको भएर घर फर्किएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button