टिकटक किन्न छलफल भइरहेको माइक्रोसफ्टद्वारा स्वीकार

पोखरा । अमेरिकाको माइक्रोसफ्टले चिनियाँ कम्पनी बाइटडान्सको टिकटक एप्लिकेसन खरिद गर्ने बारे छलफल भइरहेको स्वीकार गरेको छ ।

माइक्रोसफ्टले सार्वजनिक गरेको एक वक्तव्यमा कम्पनी र बाइटडान्सबीच अमेरिका, क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्डमा टिकटकले दिइरहेको सेवा खरिद गर्ने बारे छलफल भइरहेको जनाइएको छ । दुई कम्पनी बीचको छलफल आउँदो सेप्टेम्बरको १५ सम्म निष्कर्षमा पुग्ने जनाइएको छ ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई प्रतिबन्ध गर्ने धम्की दिँदै गर्दा दुई कम्पनीले यस्तो प्रस्ताव अघि बढाएका हुन् । ह्वाइटहाउसले भने माइक्रोसफ्टको वक्तव्य बारे भने केही जनाइसकेको छैन । टिकटकले आफ्ना प्रयोगकर्ताको विवरण दुरुपयोग गरेको आरोप अमेरिकाले लगाउँदै आए पनि कम्पनीले भने यसको खण्डन गर्दै आएको छ ।

टिकटकलाई माइक्रोसफ्टले खरिद गरे दुवै कम्पनीको समस्या हाललाई समाधान हुने अनुमान गरिएको छ । एक समय प्रविधि जगतमा एकछत्र राज गरेको माइक्रोसफ्टलाई हाल सामाजिक सञ्जाल एप्लिकेसनको खाँचो रहेको छ भने टिकटकलाई अमेरिकी सरकारको बढ्दो नियमनले समस्या पार्दै आएको छ । अमेरिकाले हुवावे, जेडटिई लगायत चिनियाँ कम्पनीलाई प्रतिबन्ध गरिसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button