म्यान्मारकी नेत्री आङ सान सुकी दोस्रो कार्यकालका लागि चुनाव लड्ने

पोखरा । म्यान्मारकी नेत्री आङ सान सुकी दोस्रो कार्यकालका लागि चुनाव लड्ने भएकी छिन् ।

उनले आगामी नोभेम्बरमा हुने चुनावका लागि मङ्गलबार आधिकारिक रुपमा चुनाव लड्नका लागि उम्मेदवारी दर्ता गराएकी हुन् । राजधानी रङ्गुनमा मङ्गलबार उम्मेदवारी दर्ता गराउन पुगेकी ७५ वर्षीया सुकीको समर्थनमा करिब ५० समर्थक पुगेका थिए । उनीहरुले अनुहारमा रातो मास्क लगाउँदै सुचीको पक्षमा नारा लगाएका थिए ।

म्यान्मारमा प्रजातन्त्रका लागि पुर्याएको योगदानलाई कदर गर्दै सुचीले नोबेल विश्व शान्ति पुरस्कारसमेत जितेकी थिइन् । त्यस पछि नै भारी बहुमत ल्याएर चुनाव जितेकी उनलाई रोहिङ्ग्या माथि अत्याचार गरेको भन्दै हाल भने अन्तर्राष्ट्रिय समुदायमा आलोचना हुँदै आएको छ ।

सन् २०१६ मा भारी बहुमतका साथ पहिलो कार्यकालका लागि चुनाव जितेकी सुकी अनन्त त्यहाँको सैन्य शक्तिसँग सत्ता बाँड्न बाध्य भएकी थिइन् । त्यस पछि २०१७ मा त्यहाँको मिलिटरीले नेतृत्व गरेको धरपकड पश्चात् ७३ हजार रोहिङ्ग्या म्यान्मारबाट भागेर बङ्गलादेशमा शरणार्थीका रुपमा पुगेका थिए । रोहिङ्ग्यामाथि व्यापक दमन गरेको भन्दै उनको सरकारको विश्वभर आलोचना भएको थियो ।

म्यान्मार भित्र भने उनको आकर्षणमा कुनै कमी नआएको बताइए पनि यस पटक उनको नेसनल लिग फर डेमोक्रेसी पार्टीलाई प्रतिद्वन्दी युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टीले राम्रै टक्कर दिने अनुमान गरिएको छ । उक्त पार्टीमा त्यहाँका सैन्य शासक र पुर्व सरकारी कर्मचारीहरुको वर्चस्व रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button