नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो, १५ हजार बढी संक्रमण मुक्त

पोखरा । नेपालमा सोमबार थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २१ हजार नाघेको छ ।

पछिल्लो २४ घन्टामा देशभर २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ।

यसै गरी पछिल्लो २४ घण्टामा ६५ जना निको भइ घर फर्किएका छन् । यससँगै १५ हजार २६ जना कोरोनाबाट मुक्त भएका छन्।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ रहेको छ।‍

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button