भिभो कम्पनीले आइपिएल प्रायोजनबाट हात झिक्यो

पोखरा । चिनियाँ मोबाइल कम्पनी भिभोले आइपिएलको मुख्य प्रायोजकबाट हात झिकेको छ ।

सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म आयोजना हुने भनिएको प्रतियोगिताको मुख्य प्रायोजक भिभोले चीन र भारतबीच बढ्दै गएको तनावका माझ प्रायोजनबाट हात झिक्ने भएको हो । भिभोले २०१८ मा ५ वर्षका लागि २ हजार १ सय ९९ करोड भारुको लोभलाग्दो सम्झौता गरेको थियो । भिभोले सन् २०१८ र २०१९ मा प्रायोजन बापत वार्षिक ४ सय ४० करोड बिसिसिआईलाई तिरेको थियो ।

भिभोले प्रायोजन नगरे पनि अन्य प्रायोजकको सम्झौता भने कायमै रहेको आइपिएल आयोजकले जनाएका छन् । प्रतियोगितामा भिभो बाहेक अन्य ११ चिनियाँ लगानी भएका कम्पनीको प्रायोजन रहेको छ । अब आइपिएलको मुख्य प्रायोजक को हुने भन्ने बारे प्रतियोगिता आयोजक बिसिसिआईले छिटै निर्णय गर्ने बताएको छ । बिसिसिआईले अबको ३ दिनमा प्रायोजनका लागि नयाँ टेन्डर आव्हान गर्ने जानकारी दिएको छ ।

कोरोना संकटका कारण अबको संस्करणको आइपिएल प्रतियोगिता संयुक्त अरब इमिरेट्सका दुबई, शारजहाँ र आबुधाबी शहर खेलाइने छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button