स्याङजाका थप ८ जनामा कोरोना पुष्टि

पोखरा ।  गण्डकी प्रदेशमा मंगलबार  बेलुका थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार बेलुका स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकाका ६  पुरुष र २  महिला तमा कोरोना भाइरस देखिएको जनाएको हो ।

संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ४३ पुगेको छ ।

गण्डकी प्रदेशमा हालसम्म संक्रमित मध्ये १ हजार ३ सय ५२ जना निको भएर घर फर्किएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button