पोखराका थप ९ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । पोखरा महानगरमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार बिहान  पोखरा महानगरपालिकाका ९ जना पुरुषमा कोरोना भाइरस देखिएको जनाएको हो ।

संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५२ पुगेको छ ।

आज संक्रमण देखिनेहरुमा  भारतबाट आएर महानगरको  क्वारेन्टिन तथा होम क्वारेन्टिन बसेका व्यक्तिहरु रहेको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले जानकारी दिए ।

संक्रमण पुष्टि हुनेहरुमा ७ जना लेकसिटी हस्पिटलको क्वारेन्टिनमा बसेका पुरुषहरु रहेको  र २ जना होम  क्वारेन्टिनमा सुरक्षित रुपमा बसेका व्याक्ति रहेको पौडेलले जनाए  ।  उनीहरु मध्ये ५ जना भारतबाट आएका पुरुष , ३ जना बाराबाट आएका पुरुष  र १ जना सर्लाहीबाट आएका पुरुष रहेको पौडेलले पोखरा न्यूजलाई बताए ।

गण्डकी प्रदेशमा हालसम्म संक्रमित मध्ये १ हजार ३ सय ५४ जना निको भएर घर फर्किएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button