|प्रतीकात्मक तस्बिर
पोखरा । पोखरा महानगरका १ सहित गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार दिउँसो गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।
संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५५ पुगेको छ ।
बुधबार संक्रमण पुष्टि हुनेहरुमा पोखराका एक ३८ वर्षीय पुरुष तथा बाग्लुङका एक ३४ वर्षीय पुरुष र २५ वर्षीया महिला रहेको निर्देशनालयले उल्लेख गरेको छ ।
यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमण मुक्त हुनेको संख्या १३६२ पुगेको पनि निर्देशनालयले जनाएको छ |
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution