विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ लाख नाघ्यो

पोखरा । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण सात लाख ४ हजार ४ सय ३८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार जानकारी दिएको छ । सो संगठनकाअनुसार बुधबारसम्म विश्वभरीमा एक करोड ८७ लाख ९ हजार १ सय ६१ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म एक करोड १९ लाख २६ हजार २ सय २४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६० लाख ७८ हजार ४ सय ९९ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६५ हजार ३ सय ३६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४९ लाख १८ हजार ४ सय २० जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६० हजार २ सय ९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४३ लाख ६९ हजार ८ सय ४५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । एक लाख ५० हजार ६ सय ४७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५७ लाख ८२ हजार ४ सय ९९ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । दुई लाख २५ हजार ४ सय ५० जनाको मृत्यु भएको छ ।

युरोपमा २९ लाख ४३ हजार ५ सय ३२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख चार हजार ४ सय ७२ को मृत्यु भएको छ । एसिया ४६ लाख ८ हजार ८ सय ९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख २ हजार ४ सय ३९ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा नौ लाख ८२ हजार २ सय १९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २१ हजार १ सय ४३ जनाको मृत्यु भएको छ । ओसियानामा २१ हजार २ सय ४० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २ सय ७२ जनाको मृत्यु भएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button