बागलुङमा संक्रमित मध्ये १ स्टाफ नर्स, सम्पर्कमा आएका १३ लाई क्वारेन्टिनमा राखियो

पोखरा । बागलुङमा आज कोरोना संक्रमण पुष्टि भएका मध्ये १ जना धौलागिरी क्याम्पसको क्वारेन्टिनमा कार्यरत स्टाफ नर्स रहेको खुलेको छ ।

धौलागिरी अञ्चल अस्पतालका सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोखरेलका अनुसार एक २५ वर्षीया नर्समा कोरोना संक्रमण देखिएको हो । कोरोनाको लक्षण देखिए पछि स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएकोमा उनमा कोरोना पोजिटिभ देखिएको डा. पोखरेलले जानकारी दिए ।

संक्रमित सँगै ड्युटीमा रहेकी अन्य एक नर्सको पनि स्वाब संकलनका लागि पठाइएको तथा उनको सम्पर्कमा रहेका अन्य १३ जनालाई क्वारेन्टिनमा राखिएको पोखरेलले पोखरा न्युजलाई बताए । संक्रमितको ट्राभल हिस्ट्री नरहेको तथा उनको स्वास्थ्य अवस्था सामान्य रहेको पनि पोखरेलले जानकारी दिए ।

गण्डकीमा मात्रै आज थप १२ जनामा कोरोना पुष्टि भएको छ जसमध्ये पोखरा महानगरका मात्रै १० जना रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button