तनहुँमा करेन्ट लागेर एक युवकको मृत्यु

तनहुँ । करेन्ट लागेर आज दिउँसो तनहुँमा एक युवकको मृत्यु भएको छ ।

व्यासनगरपालिका–४ निवासी ३० वर्षीय सुवास श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । व्यासनगरपालिका–१ विज्ञानचौरस्थित पिताम्बर थापाको घरमा वल्डलिङ्कको नेट जोड्ने क्रममा उक्त घट्ना भएको हो ।

करेन्ट लागेर सख्त श्रेष्ठको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा लैजाँदा चिकित्सकले मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button