पोखरामा लोडरको ठक्करबाट १ को मृत्यु

पोखरा । पोखरामा लोडरले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ ।

बुधबार मध्यान्ह करिब ११:४५ बजे पोखरा-२९ सैनिक घाटमा ग १ क ३८९४ नम्बरको लोडरको बकेटले लागेर गोरखाका ३५ वर्षीय दिपेन्द्र गुरुङको मृत्यु भएको हो ।

हाल पोखरा-२७ अर्घौचोक बस्दै आएका गुरुङ लोडरको ठक्करबाट घाइते भएकोमा उपचारका लागि चरक अस्पताल ल्याई पुर्याउँदा डाक्टरले मृत घोषित गरेका थिए ।

मृतक गुरुङले चलाएको ट्याक्टर घाटबाट बालुवा निकाल्ने क्रममा पानीमा फसेको थियो । सोही ट्याक्टर निकाल्न ल्याइएको लोडरको बकेटले लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ट्याक्टर, लोडर र लोडर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको पनि उल्लेख गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button