पोखराका ४ सहित गण्डकी प्रदेशमा थप ९ मा कोरोना संक्रमण पुष्टि

पोखरा । पोखरा महानगरका ४ सहित गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार दिउँसो प्रदेशका ५ जिल्लाका ६ पुरुष र ३ महिलामा कोरोना भाइरस देखिएको जनाएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा कास्की जिल्लाको पोखरा महानगर-८ का ३ पुरुष र १ महिला, स्याङ्जाको फेदीखोलाका २ पुरुष, तनहुँ र गोरखाका १-१ महिला तथा पर्वतका १ पुरुष रहेको निर्देशनालयले उल्लेख गरेको छ । संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ७५ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button