नेपालमा कोरोनाबाट थप ५ जनाको मृत्यु

काठमाडौं।  नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ, सर्लाही, धनुषा र सप्तरीमा ५ जना संक्रमितको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङको रंगेली नगरपालिका ८ का ४५ वर्षिय पुरुषको साउन २१ गते मृत्यु भएको हो । ज्वरो र स्वासप्रस्वासमा समस्या आएपछि उपचारका लागि कोसी अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।

यस्तै मोरङको विराटनगर महानगरपालिका ४५ पुरुषको पनि कोसी अस्पतालमै साउन २१ गते उपचारका क्रममा मृत्यु भएको हो । सर्लाहीको मलंगवा ८ का ६५ वर्षिया वृद्धाको साउन २१ गते सशस्त्र प्रहरी बलको अस्पताल बलम्बुमा उपचारका क्रममा निधन भएको उनले बताए।

धनुषा मिथिला नगरपालिका १० का ७२ वर्षिया वृद्धाको साउन १७ गते उपचारका क्रममा ओम अस्पतलामा काठमाडौंमा मृत्यु भएको हो । दम उच्च रक्तचापका विरामी उहाँमा निमोनियाको पनि समस्या थियो ।यस्तै सप्तरीका ४२ वर्षिय पुरुषको साउन २१ गते निधन भएको प्रवक्ता डा. गौतमले बताए । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button