नेपालमा थप ३ सय ६० कोरोना संक्रमित थपिए

पोखरा । नेपालमा बिहीबार थप ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ।

यसै गरी पछिल्लो २४ घण्टामा २ सय ३३ जना निको भइ घर फर्किएका छन् । यससँगै १५ हजार ३ सय ८९ जना कोरोनाबाट मुक्त भएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ रहेको छ।‍

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button