काठमाडौंमा एकैदिन थपिए ८७ कोरोना संक्रमित, अस्पतालमा बेडको अभाव हुनसक्ने

पोखरा । पछिल्लो २४ घण्टामै काठमाडौं उपत्यकामा ८७ कोरोना संक्रमित थपिए पछि अस्पतालमा बेडको अभाव हुनसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित पत्रकार सम्मेलनमा काठमाडौंमा यही दरमा संक्रमण बढ्दै गए स्वास्थ्य प्रणाली धान्न नसक्ने बताएका हुन् ।

गौतमले अवस्था गम्भीर हुनसक्ने बताउँदै सचेत रहन सबैलाई आग्रह गरेका थिए । उनले बैठक, छलफल जस्ता सार्वजनिक काम गर्नु परे भर्चुअल विधिबाट गर्न पनि सुझाव दिएका थिए ।

काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर गरि ३ जिल्लामा बिहीबार हालसम्म सर्वाधिक ८७ कोरोना संक्रमित पुष्टि भएका थिए । संक्रमण पुष्टि हुनेमा काठमाडौंका ७६, ललितपुरका १० र भक्तपुरका १ जना रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button