पोखरीमा डुबेर एक बालकको मृत्यु

लहान। सिरहाको नरहा गाउँपालिका–५ अधिकारी टोलस्थित कमुतिया पोखरीमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नरहा गाउँपालिका–५ अधिकारी टोल बस्ने रामेश्वर शर्माका तीन वर्षीय छोरा राज शर्मा रहेका छन् ।

पोखरीमा नुहाउने क्रममा डुबेर सिकस्ति भएका बालक शर्मालाई स्थनीयवासीले उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा पुर्याएका थिए ।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि चोहर्वातर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button